कुपर फर्माको औषधि न्यून गुणस्तरको, बिक्री-वितरण र प्रयोग नगर्न विभागको निर्देशन

हेल्थपोस्ट नेपाल

काठमाठौं – कुपर फर्मा देहरादुन भारतबाट उत्पादित औषधि न्यून गुणस्तरको पाइएको छ। औषधि व्यवस्था विभागले नमुना परीक्षण गर्दा डि-पिल (लेभोनोरग्यास्ट्रेल ट्याबलेट आइपि १.५ एमजी) औषधि न्यून गुणस्तरको भएको पुष्टि भएको हो।

विभागले उक्त औषधि न्यून गुणस्तरको भएकोले बिक्री-वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पवेश गर्न सम्बन्धित उद्योग तथा आधिकारीक आयातकर्तालाई निर्देशन दिएको छ। साथै उक्त औषधि बिक्री-वितरण तथा प्रयोगसमे्त नगर्न विभागले आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *