स्त्रीरोग विशेषज्ञ डा. शोभा खत्रीको निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं – वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शोभा खत्रीको निधन भएको छ। उनको आइतबार निधन भएको नेपाल प्रसुती तथा स्त्रीरोग समाजका अध्यक्ष डा. गणेश दंगालले जानकारी दिए।

ड‍ा. खत्रीले प्रसुतीगृह थापाथलीमा मेडिकल अफिसर, कन्सल्ट्यान्ट, डेपुटी डाइरेक्टरका रुपमा जिम्मेवारी सम्हालिसकेकी थिइन्। त्यहाँबाट अवकास पाएपछि उनी केही समययता घरमै थिइन्।

उनी प्रसुती तथा स्त्रीरोग समाजकी सिनियर सदस्य समेत रहेकी थिइन्। समाज र समाजका अध्यक्ष दंगालले मृतक खत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *