काठमाडौं उपत्यकामा १२ वर्षदेखि १८ वर्षमुनिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर र ललितपुर) १२ वर्षदेखि १८ वर्षमुनिका उमेर समूहलाई आजदेखि कोरोनाविरुद्धको खोप दिँदै छ। मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार (पुस २७) देखि सो उमेर समूहलाई फाइजर र मोडेर्ना खोप दिन लागिएको हो।
यी खोपहरु सुरक्षित भएकाले ढुक्क भएर लाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ। केही स्थानीय तहमा भने यो अभियान पहिले नै सुरु भइसकेको पनि मन्त्रालयले जनाएको छ। नजिकको खोप केन्द्रमा गइ खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।