२४ घण्टामा १,४४६ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित साढे ७ हजार नाघे

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

८ हजार ९ सय ६५ जनाको पिसिआर परीक्षणमा १३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टिजेन परीक्षण गर्दा ८९ गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु भएको छ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ। यसमध्ये ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् भने योसँगै ११ हजार ६ सय ६ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ छ। जसमा ७ हजार २ सय ४५ जना होम आइसोलेसन र ६ सय १० जना संस्थागत आइसोलेसनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *