भक्तपुरका स्कुले विद्यार्थीलाई कोरोनाविरुद्धको खोप (तस्बिरहरु)

काठमाडौं – भक्तपुरमा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए।
कार्यालयले आइतबारदेखि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा, सोमबारदेखि मध्यपुरथिमि नगरपालिका र मंगलबारदेखि भक्तपुर नगरपालिका क्षेत्रमा खोप अभियान सञ्चालन गरिएको जनाएको छ।
विद्यार्थी तथा बालबालिकालाई मोडर्ना खोप लगाउन थालिएको हो । कार्यालयले पठनपाठन सञ्चालन भएका विद्यालय र विद्यालय नजिक रहेका स्वास्थ्य चौकीमार्फत् खोप दिन सुरु गरेको छ। कार्यालय प्रमुख मिजारका अनुसार २५० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्योभन्दा कम सङ्ख्या भएका विद्यालयको हकमा भने नजिकैको अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ।
तस्बिरहरु-