मंगलबारदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

हेल्थपोस्ट नेपाल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै मंगलबारदेखि विद्यालय बन्द हुने भएका हुन्।

मन्त्रालयमा सोमबार बसेको बैठकले सिसिएमसीले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आइतबार बसेको सिसिएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।

यसैबीच, मन्त्रालयले विद्यालय विदा भए पनि विद्यार्थीलाई खोप लगाउन आग्रह गरेको छ। उसले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम भएकोले स्थानीय तहमा रहेका स्वास्थ्य चौकी वा खोप केन्द्रबाट खोप लगाउन वा विद्यालयसँग सम्पर्क गरी तोकिएको दिन खोप लगाउन आग्रहसमेत गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *