कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षामन्त्री आइसोलेसनमा

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आइसोलेसनमा बसेका छन्। लक्षण देखिएपछि उनले आइतबार एन्टिजेन परीक्षण गराएका थिए। जसमा नतिजा नेगेटिभ आएको थियो।

पौडेलले आरटी-पिसिआर परीक्षणका लागि नमुना दिएका छन् त्यसको नतिजा भने आउन बाँकी रहेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *