गर्भावस्थामा लगाइने कोरोनाविरुद्धको खोपले गर्भपात हुन्छ?

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप गर्भवती भएको पहिलो तीन महिनापछि दिन सकिने बताएको छ। गर्भवती भएकाहरुले खोप लगाउन मिल्ने वा नमिल्ने भन्ने जिज्ञासामा मन्त्रालयले पहिलो तीन महिनापछि ढुक्क भएर लगाउन अनुरोध गरेको हो।

मन्त्रालयले खोपले गर्भपात हुने, कमतौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने भन्ने कुरा गलत भएको बताउँदै खोपको यी कुरासँग कुनै सम्बन्ध नभएको प्रष्ट पारेको हो। उसले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउनसमेत अनुरोध गरेको छ।

यस्तै मन्त्रालयले स्तनपान गराइरहेकी महिलाले पनि खोप लगाउन मिल्ने बताएको छ। खोपले आमा र बच्चा दुवैलाई सुरक्षा प्रदान गर्ने पनि मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.