कोरोना महामारी सुरु भएको दुई वर्ष बढी बित्यो : अझै अनुत्तरित यी तीन प्रश्न

‘हामीले जति धेरै प्रश्नहरूको जवाफ पाउँछौं, त्यति नै नयाँ प्रश्नहरू हाम्रो अगाडि आउँछन्’, यो भनाइ पिट्सबर्ग विश्वविद्यालयका माइक्रोबायोलोजी र मोलेक्युलर जेनेटिक्सका प्राध्यापक डा. सीमा लकडावालाको हो। सीमा र उनीजस्ता अन्य सबै वैज्ञानिकहरू डिसेम्बर २०१९ देखि कोरोना भाइरससँग सम्बन्धित प्रश्नहरूको उत्तर खोज्ने प्रयासमा छन्।

यो खोज सुरु भएको करिब दुई वर्षभित्रमा वैज्ञानिकहरूले यसको उपचारका लागि आवश्यक खोप पत्ता लगाएका छन्। तर केही आधारभूत प्रश्नहरूको जवाफ आउन बाँकी रहेको विज्ञहरू बताउँछन्। र, कोरोनासँग सम्बन्धित यी रहस्यबाट पर्दा हट्यो भने कोभिड–१९ सँग जुध्ने प्रयासलाई थप बल मिल्नेछ।

अहिले कोरोनासँग सम्बन्धित तीनवटा प्रश्न सबैभन्दा महत्त्वपूर्ण छन्, जसको उत्तर पाउन बाँकी छ।

१. भाइरस कहाँबाट सुरु भयो?

ब्रिटिश हेल्थ प्रोटेक्शन एजेन्सीका अनुसार, यो भाइरस वास्तवमा कहाँबाट सुरु भयो भनेर अझै पत्ता लगाउन बाँकी छ। सन् २०२१ को फेब्रुअरी महिनामा विश्व स्वास्थ्य संगठनको टोली कोभिड-१९ को उत्पत्तिबारे जानकारी लिन चीन पुगेको थियो। यस टोलीले यो भाइरस चमेरोबाट आएको सम्भावना रहेको बताएको छ। तर, यस विषयमा थप अनुसन्धान आवश्यक छ।

यससँगै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले चीनले तथ्यांक उपलब्ध गराउन र पारदर्शिता अपनाउन नसकेका कारण अनुसन्धान प्रभावित भएको बताएका छन्। विश्व स्वास्थ्य संगठनको अनुसन्धानले यो भाइरस प्रयोगशालामार्फत मानिसमा पुगेको कुरा असम्भव रहेको पनि निष्कर्ष निकालेको थियो। यद्यपि, टेड्रोसले पछि हतारमा यस्तो निष्कर्ष निकालिएको भनेर आलोचनासमेत गरेका थिए।

साइन्स जर्नलको अक्टोबर अंकमा प्रकाशित सम्पादकीयमा उनले टिप्पणी गर्दै भनेका थिए कि, ‘पर्याप्त प्रमाण बिना ल्याबमा कुनै घटना भएको कुरालाई इन्कार गर्न सकिँदैन।’ विश्व स्वास्थ्य संगठनले विज्ञहरूको टोली गठन गर्‍यो जुन नयाँ पेथोजेन्सको उत्पत्तिसँग जोडिएको वैज्ञानिक सल्लाहाकार समूह (एसएजिओ) मा सामेल भयो। यो समूहको काम वुहानको बजारमा जनावरबाट मानिसमा भाइरस सरेको हो वा ल्याबमा भएको दुर्घटनाबाट बाहिरिएको हो भनेर अनुसन्धान गर्ने छ। यो समूहको पहिलो बैठक नोभेम्बर २०२१ मा भएको थियो।

डा टेड्रोसले एसएजिओ जस्ता समूहको अनुसन्धानले जनावरबाट मानिसमा भाइरस सर्ने जोखिमलाई कम गर्न सक्ने नीति बनाउन मद्दत गर्ने बताएका छन्। गत वर्ष अक्टोबरमा, अमेरिकी गुप्तचर एजेन्सीहरूले एउटा रिपोर्ट सार्वजनिक भएको थियो। जसमा भनिएको छ कि, यो भाइरस कहाँबाट उत्पत्ति भयो भनेर डब्लुएचओले कहिल्यै पत्ता लगाउन सक्ने छैन।

रिपोर्टमा यो भाइरसलाई जैविक हतियारका रुपमा बनाइएको भनिएको कुरालाई इन्कार गरिएको छ। तर यस रिपोर्टमा भाइरसको उत्पत्तिका लागि प्रयोगशालामा भएको चुहावट वा जनावरबाट मानिसमा संक्रमण फैलनुलाई सम्भावित कारण मानिएको छ।

तर, रिपोर्टमा यो पनि भनिएको छ कि यो कुनै ठोस निष्कर्ष होइन्। यता, चीनले भने भाइरस प्रयोगशालाबाट ‘लिक’ भएको भन्ने कुरालाई अस्वीकार गर्दै आएको छ।

नोभेम्बर २०२१ मा स्टेट न्यूज पोर्टलमा प्रकाशित एउटा लेखमा, कर्नेल युनिभर्सिटीका माइक्रोबायोलोजी र इम्युनोलोजीका प्रोफेसर जोन पी मूरले भनेका छन्, ‘हामीलाई कोभिड-१९ को उत्पत्तिबारे कहिल्यै थाहा नहुन सक्छ।’ मूर भन्छन् कि भाइरस उत्पत्तिबारे धेरै सम्भावनाहरू आएका छन् जसलाई बेवास्ता गर्न सकिन्छ। तर, यस समयमा भाइरसको उत्पत्तिको बारेमा चलिरहेको बहस जनावरबाट मानिसमा यसको प्राकृतिक फैलावट र प्रयोगशालामा फिल्टरेशनको क्रममा फैलिएकोमा केन्द्रित छ।

२. कति भाइरस पार्टिकलले फैलाउँछ संक्रमण?

कुनै व्यक्तिलाई यो भाइरस वा अन्य कुनै भाइरसबाट संक्रमित हुनको लागि त्यो भाइरसको निश्चित मात्रा शरीरमा पुग्न आवश्यक हुन्छ। यसलाई इन्फेक्शियस डोज वा संक्रामक मात्रा भनिन्छ। सार्स-कोभ-२ को मामलामा भने यसबारे अझै जानकारी उपलब्ध भएको छैन। र यो थाहा छैन कि यो भाइरसबाट संक्रमित हुनको लागि भाइरसका कति मात्रा (पार्टिकल) आवश्यक हुन्छ।

अमेरिकी संस्था सिडिसिका अनुसार, सार्स-कोभ-२ को संक्रमण फैलन कति इन्फेक्शियस डोज वा संक्रामक मात्रा चाहिन्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। सिडिसिले यो पनि संकेत गरेको छ कि, जनावरहरूको अध्ययन र इपिडिमियोलोजिकल जाँचमा भाइरस मिश्रित हावामा सास फेर्दा पनि संक्रमण फैलिनसक्छ। तर, भाइरसले भरिएको हावामा सास फेर्दा वा म्युकस मेमब्रेन्स जस्तो कि आँखाको सम्पर्कबाट संक्रमणको कति भूमिका छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

डाक्टर लकडावालले भनिन्, ‘एक प्रयोगमा मानिसमा संक्रमण नगराइ मानिसमा सार्स-कोभ-२ को संक्रामक मात्रा पत्ता लगाउन सकिँदैन।’
केही भाइरस जस्तो कि, इन्फ्लुएन्जा फैलाउने भाइरस जस्ता केही भाइरसहरूको मामलामा एक व्यक्तिलाई संक्रमित हुन उक्त भाइरसका दस कणहरू चाहिन्छ। यस्तै मर्सजस्ता भाइरस फैलिनको लागि एक व्यक्तिमा भाइरसका हजारौं कणहरु सम्पर्कमा आउन आवश्यक पर्दथ्यो।

कोरोना भाइरसको मामलामा भने यो अहिलेसम्म स्पष्ट भएको छैन। डा. लकडावाल भन्छिन्, ‘यस बारे जति थाहा छ त्यो ‘२२९ इ’ भाइरसबाट प्राप्त जानकारी हो। यो पनि कोरोना भाइरसको एक प्रकार हो जसबाट ज्वरो आउने हुन्छ र यसको संक्रामक मात्रा इन्फ्लुएन्जा जस्तै हुन्छ।’

लकडावाला भन्छिन्, ‘सार्स-कोभ-२ सँग पनि यस्तै हुन्छ कि हुँदैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। ओमिक्रोन भेरियन्टको मामलामा यो स्पष्ट छैन कि यसको उच्च संक्रामकताको कारण कम कणहरूमा संक्रमण फैलाउने क्षमता हो। हामीलाई थाहा छैन कि यसले १ लाख, हजार वा १० हजार कणहरूमा संक्रमण गर्दछ।’

यो स्पष्ट छ कि, कोभिड-१९ धेरै संक्रामक छ। र यो संक्रमण फैलाउनको लागि कम कणहरू चाहिने हुन सक्छ (यसको मतलब यसको संक्रामक मात्रा कम छ) वा संक्रमित व्यक्तिहरू वातावरणमा धेरै भाइरस छोड्छन्।

हाल, एक व्यक्तिको संक्रामक क्षमता र तिनीहरूलाई अलग गर्ने प्रयासहरू एक व्यक्तिले कति समयसम्म भाइरस हावामा छोड्न सक्छ भन्नेमा आधारित छ।

लकडावाला भन्छिन्, ‘यस कारण पनि भाइरसको संक्रामक मात्रा बुझ्न महत्त्वपूर्ण छ किनकि यदि यो थाहा भयो भने, रेस्टुरेन्ट र स्कूलहरू कति जोखिममा छन् भनेर थाहा हुनेछ।’

उनी भन्छिन्, ‘अहिले हामीले सावधानी अपनाएर मात्रै सङ्क्रमणबाट बच्ने प्रयास गरिरहेका छौं। तर, सङ्क्रमणको मात्रालाई ध्यानमा राखेर त्यसलाई नियन्त्रण गर्न अपनाइएको उपायलाई बलियो बनाउन सकिन्छ।’

उनी अगाडि भन्छिन्, ‘यो सत्य हो कि संक्रामक मात्रा अझै थाहा हुन सकेको छैन। तर, खोप लगाइसकेपछि संक्रमणको लागि आवश्यक भाइरसको संक्रामक मात्रामाको आवश्यकता पनि बढ्छ।’

हाल, यस्ता धेरै अध्ययनहरू भइरहेका छन् जहाँ स्वयंसेवकहरूलाई नियन्त्रित वातावरणमा भाइरसको विभिन्न खुराकहरू दिइँदैछ। यी प्रयोगहरूले भाइरसको संक्रामक मात्राको बारेमा जानकारी प्रदान गर्ने सम्भावना छ।

३. संक्रमण रोक्न कति एन्टिबडीहरू आवश्यक छ?

कोभिड-१९ बाट सुरक्षित हुन मानिसको शरीरमा कति एन्टिबडी हुनुपर्छ भन्ने अहिलेसम्म थाहा भइसकेको छैन। यसलाई ‘कोरिलेट अफ प्रोटेक्सन’ उपायका रुपमा मानिन्छ। किनभने यी सूचकहरूबाट यो थाहा हुन्छ कि मानव शरीर कुनै पनि रोग वा संक्रमणबाट सुरक्षित छ वा छैन।

धेरै विज्ञहरू विश्वास गर्छन् कि, कुनै व्यक्तिको शरीरमा उपलब्ध एन्टिबडीहरूको संख्याले कोरोनाबाट सुरक्षित बनाउन कोरोनाविरुद्धको संघर्षमा महत्त्वपूर्ण जानकारी दिन्छ।

न्यूयोर्कको माउन्ट सिनाई अस्पतालको इकान स्कूल अफ मेडिसिनका माइक्रोबायोलजीका प्राध्यापक फ्लोरियन क्रेमरले विज्ञान पत्रिकाको जुलाई २०२१ को अंकमा भनेका छन् कि ‘सार्स-कोभ-२ विरुद्धको खोपको लागि एक प्रोटेक्टिभ कोरिलेटको सिघ्र आवश्यकता छ।’

क्रेमरले आफ्नो लेखमा एन्टिबडीको संख्यालाई कोरिलेट अफ प्रोटेक्शनका रुपमा स्थापित गर्न किन महत्वपूर्ण छ भनेर सम्झाएका थिए। किनभने यसले कोरोनाबाट बच्न शरीरमा कति एन्टिबडी हुनुपर्छ भन्ने देखाउँछ।

यही एउटा कारण हो जसले कोरोनाका नयाँ खोपहरूलाई अनुमति दिने गतिमा वृद्धि गराउन सक्छ। किनभने यो निर्णय लामो र व्यापक फेज-३ खोप परीक्षण बिना नै रोग प्रतिरोधात्मक क्षमताका आधारमा लिन सकिन्छ।

कोरिलेट अफ प्रोटेक्शन थाहा पाउँदा कमजोर प्रतिरोधात्मक क्षमता भएका मानिसहरूलाई खोप दिन सजिलो हुने उनी बताउँछन्। उदाहरणका लागि, यदि यो पत्ता लाग्यो कि शरीरले सुरक्षाको लागि आवश्यक एन्टिबडीहरू उत्पादन गरेको छैन भने एक बुस्टर डोज दिन सकिन्छ।

यसका साथै उनी भन्छन् कि, ‘प्रोटेक्शन कोरिलेट स्वास्थ्य एजेन्सीका लागि एक संकेतक हुनेछ जसका आधारमा यो पत्ता लगाउन सकिनेछ कि उसको कति प्रतिशत मात्रा कोरोनाका लागि सुरक्षित हुनेछ।’

यद्यपि, उनले सबै खोप, भेरियन्ट तथा सबै देशको जनसंख्याका लागि लागू हुने त्यस्तो कोरिलेट पत्ता लगाउन गाह्रो हुने बताए। तर त्यसो भएन भने पनि कोभिडविरुद्धको संघर्षमा यसले निकै प्रभावकारी भूमिका खेल्ने भने उनले बताए।

डा. लकडावाल भन्छिन्, ‘ओमिक्रोनको मामलामा खोपले यस्तो एन्टिबडी कमै मात्रामा बनाउँछ जसले भाइरसलाई निष्क्रिय गर्न सकोस्। तर, यसको मतलब हामी सुरक्षित छैनौं भन्ने होइन। तथ्यांकले देखाएको छ कि, खोपले व्यक्तिलाई गम्भीर बिरामी हुनबाट बचाउँछ।’

नयाँ भेरियन्ट आएका कारण संक्रमणको मात्रा र सुरक्षासँग सम्बन्धित तथ्यांकमा पनि परिवर्तन आउन सक्ने विज्ञहरू बताउँछन् ।

लकडावाल भन्छिन्, ‘भाइरस संक्रमणको हरेक मौकामा परिवर्तन हुन सक्छ। र हरेक पटक उसले यी चीजहरूलाई असर गर्न सक्छ। यस्तो अवस्थामा तपाईंले संक्रमणबाट बच्नुपर्छ।’

अन्वेषकहरूले यी तीन र अन्य समान प्रश्नहरूको जवाफ खोजिरहेका छन्। तर, तपाईंहरुले यसबाट बच्न मास्क लगाउन, खोप लिनु र दूरी कायम गरिराख्नु आवश्यक छ।



Leave a Reply

Your email address will not be published.