भारतमा करिब १ लाख ८० हजार कोरोना संक्रमित थपिए, महाराष्ट्रमा सबैभन्दा बढी

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा करिब १ लाख ८० हजार नयाँ कोरोना संक्रमित फेला परेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ७९ हजार ७२३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै सोही समयमा १४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भारतमा सक्रिय केसहरूको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ।

योसँगै भारतमा संक्रमण हुनेको कुल संख्या ३ करोड ५७ लाख ७ हजार ७२७ पुगेको छ भने ३ करोड ४५ लाख १७२ संक्रमणमुक्त भएका छन्। यस्तै ४ लाख ८३ हजार ९३६ संक्रमितको मृत्यु भएको छ।

ओमिक्रोन भेरियन्टका केसहरू पनि बढ्दै गएका छन् र यसको कुल केसहरू ४ हजार ३३ पुगेको छ।

भारतको महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा महाराष्ट्रमा ४४ हजार ३८८ जना संक्रमित भएका छन्।
यसबाहेक पश्चिम बंगालमा २४ हजार २८७, दिल्लीमा २२ हजार ७ सय ५१, तमिलनाडुमा १२ हजार ८९५ र कर्नाटकमा १२ हजार संक्रमित भेटिएका छन्।

देशका सबैभन्दा बढी संक्रमित दुई राज्य महाराष्ट्र र दिल्लीमा ठूलो संख्यामा प्रहरी संक्रमित भइरहेका छन्।



Leave a Reply

Your email address will not be published.