हवाइ यात्राका लागि खाेप कार्ड अनिवार्य, २५ जनाभन्दा बढी भेला हुन नपाइने [१३ बुँदे सिफारिससहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं – सरकारले आन्तरिक हवाइ उडानमा यात्रा गर्न खोप कार्ड अनिवार्य गरेको छ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) व्यवस्थापन समितिको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सिसिएमसिसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ।

यस्तै,आजको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ।

सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *