एकैदिन थपिए ११ सय ६७ कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा एक ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कुल १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकामा मात्रै छन्। पछिल्लो २४ घण्टामा २२४ जना संक्रमणमुक्त भएका छन्। याे अवधिमा थप २ जनाकाे निधन भएकाे छ।

मन्त्रनलयका अनुसार हाल देशभर ६ हजार ७ सय ५५ जना सक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *