विद्यार्थीहरु तोडफोडमा उत्रिएपछि विराटनगरको नोबेल मेडिकल कलेज तनावग्रस्त, केही घाइते

हेल्थपोस्ट नेपाल

काठमाडौं–विराटनगरस्थित नोबेल मेडिकल कलेज आइतबार तोडफोड भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरुभएपछि भएको विवादमा तनाव सिर्जना भएको हो।

घटनामा केही विद्यार्थीहरु घाइतेसमेत भएका छन्।

विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले कलेज तोडफोड गरेका हुन्।
अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *