नेपाल जनस्वास्थ्य संघमा वसन्त अधिकारी

हेल्थपोस्ट नेपाल

काठमाडाैं-जनस्वास्थ्यकर्मीहरुको छाता संगठन नेपाल जनस्वास्थ्य संघको नयाँ नेतृत्व वसन्त अधिकारीले पाएका छन्। प्रगतिशील समूहका अधिकारीले नेतृत्व हात पार्न सफल भएका हुन्। नयाँ कार्यसमिति चयनका लागि पुस २४ गते निर्वाचन भएको थियो।

महेश्वर श्रेष्ठ र वसन्त अधिकारीले नेतृत्वका लागि प्रतिस्पर्धा गरेका थिए। प्रगतिशील समूहका अधिकारीले पेशागत समूहका महेश्वर श्रेष्ठलाई २७ मतले पराजित गरेका हुन्।अधिकारीले ५९२ मत ल्याएका छन् भने श्रेष्ठले ५६५ मत ल्याएका छन्।

यस्तै, महासचिवमा सागर दाहाल निर्वाचित भएका छन्। कैलाश खाकी श्रेष्ठलाई १२० मतले पछि पार्दै दाहाल विजय भएका हुन्। दाहालले ६४६ मत ल्याएका छन् भने प्रतिस्पर्धी श्रेष्ठको ५२६ मत छ।  निर्वाचनमा माओवादी र नेपाली कांग्रेस निकट जनस्वास्थ्यकर्मीबीच तीब्र प्रतिस्पर्धा भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *