बढ्दो कोरोना संक्रमण : आज थपिए ९४४, सक्रिय संक्रमित ६ हजार नाघे

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार २६४ नमुना परीक्षण गर्दा ९४४ जनामा संक्रमण देखिएको हो।

यस्तै सोही समयमा २९७ संक्रमित संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएन।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ९ लाख २८ हजार ८३७ पुगेको छ। जसमध्ये ८ लाख १४ हजार ६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ६०२ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ६ हजार १४० सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ हजार ६३१ होम आइसोलेसनमा रहेका छन् भने ५०९ संस्थागत आइसोलेसनमा रहेका छन्। ८१ संक्रमितको आइसियु र १४ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *