कोभिड प्रकोप अमेरिकामा सधैं रहँदैन : राष्ट्रपति बाइडेन

हेल्थपोस्ट नेपाल

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा सधैं रहिरहने भन्ने आफूलाई नलागेको बताएका छन्। उनले यसको प्रभाव विश्वका केही स्थानमा रहिरहे पनि अमेरिकामा रहिरहने भन्ने आफूलाई नलागेको बताए।

बाइडेनले ह्वाइट हाउसको ब्रिफिङमा उक्त टिप्पणी गरेका द हिलले जनाएको छ। उनले भने, ‘होइन, मलाई लाग्दैन कि कोभिड यहाँ रहिरहन्छ। किनकि, जसरी हामी यसको सामना गर्दैछौं त्यसबाट यो यहाँ रहने छैन। हामीसँग हामीले विकास गरेका धेरै उपकरणहरू छन् र हामी विकास गर्न जारी राख्छौं जसमा कोभिड र कोभिडका अन्य प्रकारहरू विपत्ति सामना गर्ने सामर्थ्य रहोस्।’



Leave a Reply

Your email address will not be published.