भारतमा एकैदिन १ लाख ४१ हजार बढी कोरोना संक्रमित थपिए, ओमिक्रोनका पुगे ३ हजार ७१

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४१ हजारभन्दा बढीमा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अघिल्लो दिनको तुलनामा २१ प्रतिशत बढी कोरोना संक्रमित भेटिएका छन्। मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार गत २४ घण्टामा १ लाख ४१ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको हो।

भारतमा कोरोना पोजेटिभ दर ९.२८ प्रतिशत पुगेको छ। गत २४ घण्टामा २८५ जनाको मृत्यु भएको छ भने ४० हजार ८९५ जना निको भएका छन्।
भारतमा सक्रिय केसहरूको संख्या ४ लाख ७२ हजार नाघेको छ भने कुल मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार बढी छ।

भारतमा हालसम्म १५० करोड डोज खोप लगाइसकिएको छ।

यसैबीच, भारतमा हालसम्म ओमिक्रोन भेरियन्ट संक्रमितको कुल संख्या ३ हजार ७१ पुगेको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भइसकेका छन्। अहिलेसम्म भारतका २७ राज्यहरूमा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ।

अहिलेसम्म सबैभन्दा बढी ८७६ केस महाराष्ट्रमा फेला परेका छन्। त्यसपछि राजधानी दिल्लीमा ५१३ केसहरू फेला परेका छन्। कर्नाटकमा अहिलेसम्म ३३३ मामिलाहरू फेला परेको छ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *