माओवादी अध्यक्ष प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता अर्का नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। शुक्रबार बेलुका पिसिआर परीक्षण गरेका प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्यमा केही असहजता देखिएपछि पिसिआर परीक्षण गराउँदा प्रचण्डलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।
स्वास्थ्यअवस्था समान्य रहेको उनी घरमै स्वास्थ्यलाभ लिइरहेका छन्।

कोरोना संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्नु परेकोले प्रचण्डको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ।

साथै यसबीचमा उनको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन प्रचण्डको सचिवालयले अनुरोध गरेको छ।

कोरोना संक्रमण बढ्दै गएपछि बिहीबारदेखि प्रचण्डले प्रत्यक्ष भेटघाट बन्द गरेका थिए।

केही दिनअघिमात्र सम्पन्न माओवादी केन्द्रको महाधिवेशनका क्रममा देशभरबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।

प्रचण्डको सचिवालयले बढ्दो कोरोना संक्रमण र स्वास्थ्यकर्मीहरूको सुझावअनुसार भौतिक रूपमा भेटघाटलाई बन्द गरिएको जनाएको थियो।

यस्तै आफूलाई पनि कोरोना संक्रमण भएको र आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *