इटालीबाट अमृतसर आएका एकै उडानका १७३ यात्रीमा ओमिक्रोन

हेल्थपोस्ट नेपाल

काठमाडौं – इटालीबाट एउटै विमानमा भारत अमृतसर आएका १७३ यात्रीमा कोरोनाको ओमिक्रोन संक्रमण पाइएको छ।

अमृतसर एयरपोर्टका निर्देशक बीके सेठका अनुसार विमानमा बालबालिकासहित २९० यात्री थिए। तीमध्ये २८५ जनाको परीक्षण गर्दा १७३ जनामा कोरोना पजिटिभ पाइएको हो।

संक्रमित यात्रीलाई उनीहरूकै गृहजिल्लामा पुर्‍याएर क्वारेन्टिनमा राखिएको छ। यसअघि गत बुधबार पनि इटालीको मिलानबाट अमृतसर आएको विमानका एक सयभन्दा बढी यात्रीमा कोरोना पोजेटिभ पाइएको थियो।

शुक्रबार इटालीमा कोरोना संक्रमित संख्या २ लाख २० हजार रेकर्ड भएको छ। भारतमा पनि शुक्रबार १ लाखभन्दा बढी कोरोना संक्रमित पाइएका छन्। गत साता भारतमा एक्कासी संक्रमित बढेका छन्। त्यसको कारक ओमिक्रोन भेरियन्ट रहेको विज्ञहरूले बताएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *