ह्वात्तै बढ्याे काेराेना संक्रमण, पछिल्लो २४ घण्टामा थपिए ९६८ संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ७१ जनाकाे नमुना परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन्। याे अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ छ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८र८ जनामा संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *