एकैदिन २४ जनामा ओमिक्रोन देखिएपछि सरकारले बोलायो सिसिएमसी बैठक

हेल्थपोस्ट नेपाल

काठमाडौं – एकैदिन २४ जनामा कोरोना संक्रमणकाे नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठक बोलाएको छ।

सिसिएमसीको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्रै २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको छ। मन्त्रालयका अनुसार देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो।

बैठकमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, डा. स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह तथा वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रकुमार बस्नेत उपस्थित छन्। बैठकमा कोभिडको अवस्था, पूर्वतयारीलगायतका विषयमा छलफल भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *