नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भएको पुष्टि भएको हो। योसँगै नेपालमा २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

पुस महिनामा संकलित जम्मा ११४६ पोजेटिभ नमुनाहरुको एस-जीन स्क्रिनिङ गर्दा २५० नमुनामा २२ प्रतिशत एस-जीन नेगेटिभ पत्ता लागेको र एस-जीन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रालयले ओमिक्रोनका कारण बढ्नसक्ने बिरामीको चापलाई मध्येनजर गर्दै सबै अस्पताल‍लाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको यथेष्ट व्यवस्था गर्नसमेत आग्रह गरेको छ।

 

No description available.



Leave a Reply

Your email address will not be published.