ओमिक्रोन संक्रमणको ‘सुनामी’लाई कमजोर नठानौं : डब्लुएचओ

हेल्थपोस्ट नेपाल

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले ओमिक्रोन भेरियन्टका कारण तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको बताएका छन्।

संगठनका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले जेनेभामा पत्रकार सम्मेलनमा चेतावनी दिँदै भने, ‘ओमिक्रोनले हुने गम्भीर संक्रमण डेल्टा भेरियन्टभन्दा कम देखिन सक्छ तर, हल्का रूपमा लिनु हुँदैन।’

उनले अगाडि भने, ‘ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक देखिन्छ, विशेष गरी खोप लगाइएकाहरूका लागि। तर, यसको मतलब यसलाई हल्का भन्नु हुँदैन। पहिलेका भेरियन्टहरू जस्तै ओमिक्रोनको कारण पनि मानिसहरू अस्पतालमा भर्ना भइरहेका छन्।’

यसपटक संक्रमणको सुनामी तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य सेवामा दबाब बढिरहेको उनले बताए। ‘विश्वभरका अस्पतालहरूमा भीड बढिरहेको छ। यसले दबाब बढाएको छ।’, उनले भने।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *