भारतमा कोरोना ‘सुनामी’ : एकैदिन थपिए १ लाख बढी, ओमिक्रोन संक्रमित ३ हजार नाघे

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप १ लाख १७ हजार १०० संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। योसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ३ करोड ५२ लाख २६ हजार संक्रमित भएका छन्।

हाल ३ हजार ७ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। ओमिक्रोनका संक्रमितहरुमा १ हजार १९९ जना भने कोरोनामुक्त भएका जनाइएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ३ लाख ७१ हजार ३६३ रहेको छ।

गत २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना संक्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ।

सोही अवधिमा थप ३०२ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ६८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म १ अर्ब ४९ करोड ६६ लाख ८१ हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *