वीरका प्रमुख कार्यकारी डा. बस्नेत ११औं तहमा बढुवा सिफारिस

वीर अस्पतालका प्रमुख कार्यकारी डा. भुपेन्द्रकुमार बस्नेत प्रमुख कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट (११औं तह)मा बढुवा भएका छन् ।

लोक सेवा आयोग प्रक्रियाअनुसार स्वास्थ्य मन्त्रालयको बढुवा समितिले आन्तरिक बढुवाका लागि डा. बस्नेतलाई सिफारिस गरेको हो।

मेडिसिन/ग्याष्ट्रो इन्टेरोलोजी समूह अन्तर्गतको एक पदका लागि डा. बस्नेत  सिफारिस भएको हो।

स्वास्थ्य सेवामा ११औ तहमा आन्तरिक मूल्यांकन एवं कार्यक्षमताबाट बढुवा भएका हुन्।

कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट समूहमा डा. बस्नेत बढुवाका लागि सिफारिस भएपनि प्रमुख कन्सल्टेण्ट हेपाटोलोजिस्ट समूहको मेडिसिन हेपाटोलोजी तर्फ कोही सम्भाव्य उमेदवार नभएको समेत बढुवा समिति सचिवालयले जनाएको छ।

उनी हाल वीर अस्पतालको प्रमुख कार्यकारीका रुपमा कार्यरत छन्। डा. बस्नेत यसअघि एक कार्यकाल वीरको निर्देशक र सिनेट सदस्य समेत भइसकेका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *