बढ्याे काेराेनाकाे जाेखिम, एकैदिन थपिए ५४० संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार १२ हजार ९९ (७ हजार २०९ जनाको पिसिआर परीक्षणमा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना) नमुना परीक्षण गर्दा ५४० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन्। याे अवधिमा थप एकजनाकाे निधन भएकाे छ।

हाल नेपालमा ५ हजार ४ सर ३१ जना सक्रिय संक्रमित रहेका छन्। आज १ लाख २० हजार ६ सय ५३ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएकाे मन्त्रालयले जनाएकाे छ।



Leave a Reply

Your email address will not be published.