कोरोनाका कारण अमेरिकाका ३ हजारबढी विद्यालय बन्द

हेल्थपोस्ट नेपाल

काठमाडौं – अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण ३ हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ। पछिल्ला केही हप्तायतादेखि कोरोना संक्रमितहरु निकै बढेका छन्। बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन्। कोरोनाको घातक भेरियन्ट ‘ओमिक्रोन’ पनि बढ्दै गएको छ। न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ।

त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरु बन्द गरिएका बताइएको छ। गएको ११ दिन यता अमेरिकामा कोरोनाका संक्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन्।

कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश बन्न पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *