सुदूरपश्चिममा बढ्दै कोरोनाका सक्रिय संक्रमित संख्या

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय संक्रमितको संख्या १६२ पुगेको छ। छिमेकीमूलुक भारतबाट घर फर्किएका मानिसमा संक्रमण देखिन थालेको बताइएको छ। भारतमा संक्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको संख्या पनि बढेपछि सुदूरपश्चिममा पनि संक्रमण दर बढेको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ संक्रमित थपिएका छन् भने कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक/एकजना सक्रिय संक्रमित छन्। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय सक्रमितको संख्या बढ्न थालेपछि नागरिकमा चिन्ता थपिएको छ।



Leave a Reply

Your email address will not be published.