भारतमा ओमिक्रोन संक्रमणबाट पहिलो पटक एकजनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एकजनाको मृत्यु भएको बताएको छ‍। भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको मन्त्रालयले जनाएको हो।

ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि मन्त्रालयले जनाएको छ। यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो। भारतमा अहिलेसम्म २ हजार १३५ जना संक्रमित भएको बताइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *