बढ्याे काेराेना संक्रमण, एकैदिन थपिए ४३५ संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडाैं – पछिल्लो २४ घण्टमा ४३५ जनामा कोरोना सङ्कमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६७ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा संकमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २४९ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ९३७ पुगेको छ। याे अवधिमा कोरोनाको कारण कसैकाे पनि मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ।

हालसम्म ५ हजार २२५ जना सक्रिय सङ्क्रमित छन्। त्यसैगरी पछिल्लो समय २ लाख ४६ हजार ३५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *