अतिरिक्त शुल्क असुल्न खोजेको भन्दै नोबेल मेडिकल कलेजमा तोडफोड गर्दै लगाइयो ताला

हेल्थपोस्ट नेपाल

काठमाडौं – विराटनगरस्थित नोवेल मेडिकल कलेजमा तोडफोड भएपछि अवस्था तनावग्रस्त बनेको छ। अतिरिक्त शुल्क विवादमा विद्यार्थीलाई कलेज प्रवेश गर्न नदिएपछि त्यहाँ पुगेका विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले तोडफोड गरेका हुन्।

आन्दोलनरत विद्यार्थीहरुले कलेज प्रशासनमा तालासमेत लगाएका छन्। एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरूसँग अतिरिक्त शुल्क लिएपछि विरोधमा उत्रेका विद्यार्थीले तोडफोड गर्दै ताला लगाएका हुन्।

अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेजले लगभग ८० विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ। १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग कलेजले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको विद्यार्थीको आरोप छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *