फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – फ्रान्समा हालसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा फ्रान्समा २ लाख ७१ हजार ६८६ जनामा संक्रमण देखिएको हो। यो संख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो। फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका समाचारहरु आइरहेका छन्।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको छ। साथै जानकारीअनुसार हाल फ्रान्सका २० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन्। तीमध्ये ३ हजार ६०० भन्दा बढी आइसियुमा भर्ना भएका छन्।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिँदै आएको छ। जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या २ लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले बताएका थिए।

आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका बिरामीले भरिनसक्ने चिकित्सकहरुले जनाएका छन्। फ्रान्सको सरकारले कर्मचारीहरुलाई घरबाटै गर्न मिल्ने कामहरु घरबाटै गर्न निर्देशन दिएको छ। फ्रान्समा कोरोनाको बुस्टर डोज लगाउने काम पनि जारी रहेको छ तर, संक्रमितहरु भने बढेका छन्।



Leave a Reply

Your email address will not be published.