गायक सोनु निगमसहित छोरा र श्रीमतीलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतीय गायक सोनु निगमलाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनका छोरा र श्रीमतीलाई पनि संक्रमण देखिएको छ।

सोनु निगमले इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले भिडियोमा भनेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ। भुवनेश्वरमा प्रस्तुती दिन तथा सुपर सिंगर सिजन ३ को सुटिङका लागि मैले भारत आउनुपर्ने थियो। त्यसकारण मैले कोरोना जाँच गराएको थिएँ। जसक्रममा मलाई पोजेटिच देखियो। मैले फेरि जाँच गराउँदा पनि नतिजा पोजेटिभ नै आयो।’

उनले कोरोनासँगै अब सबैले बाँच्न सिक्नुपर्ने बताए। सोनु निगमले आफ्नो अवस्था सामान्य रहेकोसमेत भिडियोमा बताएका छन्। उनी परिवारसहित दुबईमा रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *