नौ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेकका सेवा बन्द

हेल्थपोस्ट नेपाल

काठमाडौं – जिल्ला अस्पताल पाल्पामा आकस्मिकबाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो।

निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसिआर परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए। अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ।

मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो। उनीहरु सबै आइसोलेसन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए। जिल्लामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *