काेराेनाविरुद्धकाे ‘अतिरिक्त खोप’ अभियान स्थगित

हेल्थपोस्ट नेपाल

काठमाडाैं – कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ। आजदेखि सुरु हुने भनिएकाे खोप अभियान माघसम्मका लागि स्थगित भएको हाे।

सबै ठाउँमा एकमात्रा खाेप नपुगेकाे अवस्थामा अतिरिक्त खाेप अभियान सञ्चालन गर्नु तर्कसंगत नभएकाे निष्कर्ष निकाल्दै अभियान स्थगित गरेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

अधिकारीका अनुसार अतिरिक्त मात्रा खोप अभियान रोकिए पनि कोरोनाको अरू नियमित खोप अभियान भने जारी रहने छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *