थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ३२९ नमुना परीक्षणमा ३९३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा २६३ संक्रमित संक्रमणमुक्त भएका छन् भने तीनजनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ जसमध्ये ८ लाख १२ हजार ९३७ संक्रमणमुक्त भएका छन् भने ११ हजार ६०१ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ। सो मध्ये ४ हजार ८३४ होम आइसोलेसनमा रहेका छन् भने २६० संस्थागत आइसोलेसनमा रहेका छन्। ८८ संक्रमित आइसियुमा र २५ संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *