कोरोना संक्रमण बढेपछि पञ्जाबका स्कुल बन्द, राति कर्फ्यू

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना संक्रमण बढ्दै गएपछि भारतको पञ्जाब सरकारले राज्यका सबै शैक्षिक संस्था बन्द गर्ने आदेश दिएको छ। यसका साथै राज्यमा राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको छ।

पञ्जाबमा धारा १४४ लगाएको छ र त्यसलाई कडाइका साथ लागू गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको छ। राज्यका सबै बार, सिनेमा हल, मल्टिप्लेक्स, मल, रेष्टुरेन्ट, स्पा, म्युजियम र चिडियाखानामा ५० प्रतिशत मात्रै मानिसलाई बोलाउन पाइने सरकारले आदेश दिएको छ।

यसबाहेक सरकारी कार्यालयमा पूर्ण खोप लगाएका कर्मचारीलाई मात्र काम गर्न दिइनेछ।

राज्यका सबै स्टेडियम, खेलकुद परिसर र जिमहरू पनि सर्वसाधारणका लागि बन्द रहनेछन्। जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीलाई मात्रै जान दिइनेछ। यस्ता ठाउँहरुमा कुनै पनि हालतमा कुनै पनि दर्शक वा सर्वसाधारणले जान दिइने छैन।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *