भारतमा थप ३७ हजार ३७९ जनामा कोरोना संक्रमण, ओमिक्रोनका १ हजार ८९२

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ३ करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन्।

गत २४ घण्टामा भएका संक्रमित मध्ये १ हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्रमित रहेका जनाइएको छ। सोही समयमा ११ हजार ७ जना संक्रमणमुक्त भएका छन् भने थप १२४ जनाको मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८२ हजार १७ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको संख्या १ लाख ७१ हजार ८३० रहेको छ। हालसम्म ३ करोड ४३ लाख ६ हजार ४१४ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड २४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म १ अर्ब ४६ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published.