उपकुलपति रावललाई कामकाज गर्न दिने अदालतको निर्णयविरुद्ध सरकारको ‘भ्याकेट’ निवेदन

हेल्थपोस्ट नेपाल

काठमाडौं – पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई कामकाजमा फर्काउन दिएको निर्णयविरुद्ध सरकाले ‘भ्याकेट’ निवेदन दिएको छ।

सरकारले गत कार्तिकमा प्रतिष्ठानका उपकुलपति डा. रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाएको थियो। उपकुलपति डा. रावल र रजिष्ट्रार महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कार्तिक २३ गते मन्त्रीस्तरीय निर्णय गर्दै दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका थिए। स्वास्थ्य मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाज्र गर्न रोक लगाएर उपकुलपतिको कामकाजको जिम्मेवारी डा. निमेश थापालाई जिम्मेवारी दिएका थिए।

त्यसको निर्णयविरुद्ध डा. रावलले पाटन उच्च अदालतमा रिट दर्ता गराएका थिए। गत कार्तिक २९ गते सो रिटउपर उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। सो आदेशकाविरुद्ध सरकारले ‘भ्याकेट’ निवेदन दिएको हो।

डा . रावल गत चैत २२ गते उपकुलपति नियुक्त भएका थिए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *