पछिल्लो २४ घण्टामा ३२६ संक्रमित थपिए, २ काे निधन

हेल्थपोस्ट नेपाल

काठमाडाैं – पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४९८जनाको नमुना परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप २५५ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ६७४ पुगेको छ। याे अवधिमा काेराेना सङ्क्रमणबाट थप दुईजनाको निधन भएको छ।

हाल नेपालमा ५ हजार ५ जना सक्रिय सङ्क्रमित छन्। नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे छ। अहिले होमआइसोलेसनमा ४ हजार ७ सय ५३ र संस्थागत आइसोलेसनमा २५२ छन्। यस्तै, ८९ जनाकाे आइसियू र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेकाे छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ४४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *