विदेशमा रहेका ८८ प्रतिशत नेपालीले लगाए कोरोनाविरुद्धको पूर्णमात्रा खोप

हेल्थपोस्ट नेपाल

काठमाडौं – विदेशमा रहेकामध्ये ८८ प्रतिशत नेपालीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। गैरआवासीय नेपाली संघका अनुसार ५१ देशमा रहेका ८८ प्रतिशत जनताले पूर्ण मात्रा खोप लगाएका छन्।

संघको स्वास्थ्य समिति संयोजक डा. सन्जिव सापकोटाले केही देशमा रहेका नेपालीले बुस्टर डोजसमेत लिएको जानकारी दिए। अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् भने बेलायतमा रहेका ६० प्रतिशतभन्दा बढी नेपालीले बुस्टर डोज लिएका छन्।

उनले भारत र बंगलादेशमा रहेका नेपालीले अन्य देशभन्दा कम मात्रामा खोप लिएको उल्लेख गरे। भारत, बंगलादेश जस्ता देशमा भने ७० प्रतिशतभन्दा कम नेपालीले मात्र पूर्ण मात्रा खोप लगाएको उनले बताए।

खोप कम उपलब्ध भएका अफ्रिकी मुलुकमा बस्ने ९० प्रतिशत बढी नेपालीले पनि खोप पाइसकेका सापकोटाले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *