बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना सङ्क्रमित थपिए

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ। बंगलादेशमा सङ्क्रमण बढे पनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन्। स्वास्थ्य अधिकारीहरुले गत तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित गत २४ घण्टामा थपिएको बताएका छन्।

पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन्। बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरुले यदि मानिसहरुले जनस्वस्थ्यका नियमको पालना नगरे थप संकट बढ्नसक्ने चेतावनी दिएका छन्।

पछिल्लो हप्तादेखि बंगलादेशमा भाइरस निकै तीव्र गतिमा फैलिरहेको छ। आइतबार मात्र ५५७ जनामा सङ्क्रमण पाइएको छ। यो बृद्धिदर २.९७ हो। आइतबारको मात्र संक्रमित दर यतिधेरै देखिएको र यो गत तीन महिनायताकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले बताएका छन्।

हालसम्म बंगलादेशमा १५ लाख ८६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। त्यस्तै २८ हजारभन्दा बढी मानिसको सङ्क्रमणबाट मृत्यु भएको छ। पछिल्लो समय देखिएको ओमिक्रोन भेरियन्टका बारेमा भने केही बताइएको छैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *