कोभिडले कोमामा पुगेकी मोनिकालाई ‘भियग्रा’ दिएपछि…

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना संक्रमण भइ २८ दिन कोमामा रहेकी एक नर्सको ज्यान ‘भियग्रा’ले बचाएको छ। संक्रमणका कारण जीवन-मरणको लडाइँ लडिरहेकी ३७ वर्षीया मोनिका अल्मेइडालाई चिकित्सकले यौन उत्तेजनात्मक औषधि भियग्रा दिएका थिए।

कोरोनाविरुद्धको दुवै डोज खोप लगाएकी दुई सन्तानकी आमा मोनिका दम रोगबाट पीडितसमेत थिइन्। उनी अक्टोबर ३१ मा संक्रमण भएको पुष्टि भएपछि नोभेम्बर ९ मा अस्पताल भर्ना भएकी थिइन्। अवस्था गम्भीर भएपछि उनी नोभेम्बर १६ मा कोमामा गएकी थिइन्।

त्यसपछि डाक्टरहरूले धेरै प्रयास गरे तर उनलाई होशमा ल्याउन सकेनन्। थकित भएका चिकित्सकले मोनिकाकी सहकर्मीको सुझावअनुसार उनलाई भियाग्राको भारी खुराक दिने निर्णय गरे र यसले अचम्मको काम पनि गर्यो। भियाग्राको डोज दिएपछि उनी ४८ घण्टाभित्रै होशमा आइन्।

जब उनी होसमा आइन् लिंकन कन्ट्री अस्पतालका डाक्टरहरुले भियग्राको ठूलो मात्रा उनलाई दिइएको खुलाए। ‘इरेक्टाइल डिस्फङ्सन औषधि’ भियग्राले रक्त नलीका पर्खालहरूलाई आराम दिँदै शरीरका सबै क्षेत्रहरूमा उच्च रक्त प्रवाह गराउन सहयोग गर्दछ। जसले अक्सिजन लेभल बढाउन सहयोग गर्दछ।

होशमा आएपछि मोनिकाले कोरोनाविरुद्धको खोप लगाउन पनि सबैलाई आग्रह गरिन्। आफूले खोपको पूरा मात्रा लगाएकै कारण मृत्युको मुखबाट बचेर आएको बताइन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *