अमेरिकी रक्षामन्त्रीलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – अमेरिकाका रक्षामन्त्री लियोड अस्टिन कोरोना संक्रमित भएका छन्। संक्रमणबारे उनी आफैंले सार्वजनिक जानकारी दिएका हुन्।

रक्षा मन्त्रालय प्रकाशित गरेको विज्ञप्तिमा मन्त्री अस्टिनमा कोभिड–१९ का सामान्य लक्षण मात्र देखिएका छन्।

‘मैले राष्ट्रपतिलगायत मेरो नेतृत्वलाई आफूलाई कोभिड–१९ पजिटिभ भएको जानकारी गराएको छु। मेरा स्टाफहरू कन्ट्याक्ट ट्रेसिङमा छन्। एक सातायता मेरो सम्पर्कमा आएका सबैको परीक्षण गरिएको छ,’ अस्टिनले भनेका छन्। मन्त्री अस्टिनले २१ डिसेम्बरमा राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *