बढी शुल्क नलिन आयोगद्वारा मेडिकल कलेजहरुलाई निर्देशन

हेल्थपोस्ट नेपाल

काठमाडौं – चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजलाई कानुनले तोकेभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ। आयोगका अध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई बढी शुल्क लिएकोबारे स्पष्टीकरण सोध्दै बढी शुल्क नलिन निर्देशन दिएको बताए।

बढी शुल्क लिएको पाइएमा कारबाही गरिने पनि आयोगले स्पष्ट पारेको छ। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै दुई कलेजका विद्यार्थी आन्दोलनरत छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *