मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अधिकारी

हेल्थपोस्ट नेपाल

काठमाडौं – मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन्। उनी सोही अस्पतालमा प्रमुख कन्सलट्यान्ट साइक्याट्रिस्स (एघारौं तह) का चिकित्सक हुन्।

डा. मोहनराज श्रेष्ठले तीन साता अघि नै अनिवार्य अवकाश पाएपछि पाटन अस्पताल निर्देशकविहीन थियो।

स्वास्थ्य मन्त्री बिरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। उनले आजबाट जिम्मेवारी सम्हाल्दै छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *