मातहतका निकायलाई इडिसिडीको परिपत्र- ओमिक्रोन भेरिएन्ट नियन्त्रणकाे पूर्वतयारीमा जुटाैं

हेल्थपोस्ट नेपाल

काठमाडाैं – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबारे पूर्वतयारी गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको इडिसिडीले आइतबार सबै स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयहरु र स्वास्थ्य निर्देशनालयहरुलाई परिपत्र गर्दै थप सतर्कता अपनाउन र पूर्वतयारी गर्न निर्देशन दिएको हो।

निर्देशनमा भनिएकाे छ, ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरिएन्ट ओमिक्रोन नेपालमा समेत भित्रनुले सबै निकाय अझ सतर्क र पूर्वतयारीकासाथ रहनु अपरिहार्य देखिन्छ।’

भाइरस उत्परिवर्तन भइ नयाँ नयाँ भेरिएन्टहरु आउने उल्लेख गर्दै महाशाखाले निर्देशिकाहरुको पूर्ण पालना गर्नरगराउन समेत आग्रह गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *