थप २१६ जनामा कोरोना संक्रमण, ३ जनाकाे निधन

हेल्थपोस्ट नेपाल

काठमाडाैं – पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ६३१ जनाको परीक्षण गर्दा २१६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप २०९ जना सङ्क्रमणमुक्त भएका छन्। याे अवधिमा थप सङ्क्रमणबाट थप तीनजनाको निधन भएको छ।

याेसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १२ हजार ४०९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा सङ्क्रमणदर १७ प्रतिशत छ।

नेपाल अहिले सक्रिय सङ्क्रमितकाे संख्या ४ हजार ९७१ जना छन्। याे अवधिमा एक लाख ३३ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएकाे छ।



Leave a Reply

Your email address will not be published.