भारतमा कोरोना संक्रमण तीव्र, २४ घण्टामा २७ हजारभन्दा बढी संक्रमित थपिए

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा केही दिनयता कोरोना संक्रमण तीव्र भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा भारतमा २७ हजार ५ सय ५३ संक्रमित थपिएका छन्। शनिबारको तुलनामा आइतबार २१ प्रतिशत बढी संक्रमण भेटिएको छ। यस्तै, कोभिडका कारण २४ घण्टामा भारतभर २८४ जनाको मृत्यु भएको छ।

यस्तै, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पनि भारतमा तीव्र गतिमा फैलिएको छ। हालसम्म यहाँ ओमिक्रोनका १५२५ संक्रमित भेटिइसकेका छन्। तीमध्ये सबैभन्दा बढी संक्रमित महाराष्ट्रका ४६० जना छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *