भारतको महाराष्ट्रका १० मन्त्री र २० प्रदेश सांसदलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि संक्रमण भएको जानकारी दिए।

उनले कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिएकाले आमनागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनु पर्नेमा जोड दिए। सरकारले लागू गरेका नियमहरुको पालना नगर्दा महामारी बढी फैलिइएको उनको भनाइ छ।

उनले भने, ‘कृपया सरकारको आग्रहलाई पालना गरिदिनु होला, आफै पनि सतर्कता अपनाउनु होला, नत्र अवस्था भयावह हुनसक्छ।’

महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उनले दिए।

भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो। अहिले ओमिक्रोनका संक्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *